




-गंगा ज्ञवाली।
“मेरो डायरी
मेरो डायरी,
तिमी त केवल पाना मात्र होइनौ,
तिमी त मेरो नदेखिएको खुसी हौ,
मेरो मौन आवाज हौ,
मेरो मनको गर्जन हौ ।
तिमीमा लेखिएका शब्दहरू
मेरा अधुरा सपनाहरु हुन्,
मेरा बोझिला निःश्वास छन्
र त्यो विहान पनि
जहाँ म त्यसलाई हेरेर फेरि बाँच्न सिक्छु ।
कति रात त मेरो कल्पनामा मात्र साथ दियौ
सपना मा मात्र देखियौ
जब निद्राले मलाई बेवास्ता गर्यो,
तिमीले मेरो डरहरू मात्र देखायौ लेखायौ
र तिमीमै म आफ्नो आँखा खोलेर रुन पाएँ ।
तिम्रा हरेक पानाहरूमा म पोखिन पाए
इतिहास बनेर देखिन पाएँ ।।
मेरो डायरी
तिमी मेरी साथी,
मेरो सच्चा सन्तोषी प्यारो दोस्ती
जब संसार चिच्याउँछ,
तिमी चुपचाप मेरो साहस बनिदिन्छौं
मेरो आस खास बनिदिन्छौ
मेरो इतिहास बनेर अमर रहिदिनेछौं ।।
सपना त धेरै छन्
तर तिमीमा मैले देखेका सपना
तिमी भित्र सजाएर लेखेका सपना,
मनभित्र बस्छन्,
र त्यो पीडाभित्र पनि
साहसी मुस्कान झल्किन्छ ।
मेरो डायरी
तिम्रो र मेरो ब्यथा
हामी दुईको कथा कोही बुझ्दैन
तर जब म लेख्छु,
तिमीमा सजिन्छु रङ्गिन्छु
तब मात्र म बाँच्छु,
र तिमी पनि त समालिन्छौं
पंक्ति बनेर कथा समेटेर
ब्यथा बटुलेर
मेरो प्यारो डायरी
मेरो निस्सासिएको आवाज रंगाउने साथी
खुसी र मुस्कान देखाउने साथी
मेरो प्यारो साथी मेरो डायरी……,!!
– गंगा ज्ञवाली , कीर्तिपुर काठमाडौं ।



