





आज बिहीबार, १५ जेठ २०८२ (२९ मे २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: शुभकार्यको चर्चा चल्नेछ। शत्रु परास्त हुनेछन्। लामो समयदेखि रोकिएको काम पूरा हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।


यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। भरिसक्के खैरो रङको प्रयोग नगर्ने।
वृष: शत्रुमाथि विजय मिल्ने समय छ। विदेशिएका विद्यार्थीले सफलता हासिल गर्नेछन्। प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन्। मुद्दामामिलामा विजयी भइनेछ। वैदेशिक बजारले भने धोका दिन सक्छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। भरिसक्के सेतो रङको प्रयोग नगर्ने।
मिथुन: आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। पढाइलेखाइमा उल्लेख्य सुधार आउला। मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइएला। भ्रमण र तीर्थाटनको योग छ। प्रेमीको सहयोग पाइनेछ।
भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के छलकपट नगर्ने।
कर्कट: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। विगतका समस्या बल्झिन सक्छन्। प्रेमी/प्रेमिकाबीच मतभेद बढ्ला। वैदेशिक र प्राविधिक कामबाट लाभ मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४९, वैदेशिक कार्यमा ७० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के सजिलै अरूको विश्वास नगर्ने।
सिंह: दिन भाग्यशाली भएर देखा पर्नेछ। शत्रुमाथि विजय मिल्ला। विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। भरिसक्के उत्तर दिशा नजाने।
कन्या: स्थानान्तरण र लामो यात्राको सम्भावना छ। शुभकार्यको चर्चा चल्नेछ। ठूला व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। मध्यान्हमा भने बोलीको विपरीत अर्थ लाग्न सक्छ। अर्थ क्षेत्रमा केही उतारचढाव हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५८, वैदेशिक कार्यमा ६८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। भरिसक्के झुट नबोल्ने।
तुला: इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ७१, वैदेशिक कार्यमा ६० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। भरिसक्के सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: कुनै कुराले मानसिक चिन्ता बढ्न सक्छ। कसैले मान-सम्मानमा आघात पार्न सक्छ। प्रशंसकहरूले आलोचना गर्न सक्छन्। प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ। रोगबाट छुटकारा मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। भरिसक्के कालो रङको प्रयोग नगर्ने।
धनु: कुनै कुराले मनमा शान्ति छाउला। नजिकका व्यक्तिबाट कार्य पूरा हुनेछ। पुनर्मिलनको योग छ। धार्मिक र शुभकार्यमा संलग्न हुनु पर्नेछ। न्यायिक कार्यमा सफलता मिल्ला। पारिवारिक जमघटमा मन रमाउनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के झुट नबोल्ने।
मकर: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पेसामा बढुवा तथा सरुवाको योग छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। मध्य दिनमा भने धनमाल हराउने योग भएकाले सजग रहनुहोला।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कुम्भ: समाजसेवामा मन लाग्नेछ। वैदेशिक क्षेत्रका अधुरा कार्य पूरा हुनेछन्। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारबाट प्रशस्त फाइदा हुनेछ। अनावश्यक धन र परिश्रम खर्च हुन सक्छ। स्वास्थ्य बिग्रन सक्छ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के छलकपट नगर्ने।
मीन: महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल निमल्न सक्छ। मानसिक चिन्ता बढ्ने देखिन्छ। स्वास्थ्य प्रतिकूल बन्न सक्छ। आत्मबल बढाएर काम गर्नुपर्ने देखिन्छ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। भरिसक्के कालो रङको प्रयोग नगर्ने।



