कस्तो रहने छ यसपटकको मनसुन ? हिले दशैँको सम्भावना, औसतभन्दा धेरै पानी पर्ने प्रपेक्षण

 

नेपालमा यसपटक मनसुन ५७ वर्षयताकै सबैभन्दा छिटो भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार यसअघि मनसुन सबैभन्दा छिटो सन् १९९६ मा मे ३१ तारिखका दिन नेपाल भित्रिएको थियो ।

Nepal life insurance

यस वर्ष सन् २०२५ मा त्यसभन्दा अझ चाँडो मे २९ तारिखमै मनसुन नेपाल भित्रिएको हो ।

यसपालिको मनसुन झन् जोखिमपूर्ण– १८ लाख मानिस प्रभावित हुने अनुमान - नारायण  ढुङ्गाना/रासस :: नेपाल लाइभ :: Nepal Live - Independent Digital Media

नेपालमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख हो । तर मनसुन १५ दिन छिटो बिहीबार राति नै पूर्वी क्षेत्रमा प्रवेश गरेको छ ।

नेपालमा बङ्गालको खाडीबाट मनसुन प्रवेश गर्छ । यसपटक मनसुनको अवधि १२२ दिनको हुनेछ र सेप्टेम्बर ३० अर्थात् असोज १४मा मनसुन नेपालबाट बाहिरिने प्रक्षेपण छ । भारतको मौसम विभागका अनुसार यो वर्ष अरब सागरबाट भारतको दक्षिणी राज्य केरलामा मे २४ मा मनसुन प्रवेश गरेको छ । भारतमा पनि यसपटक औसतभन्दा ८ दिनअगाडि मनसुन प्रवेश गरेको हो ।

यसपालिको मनसुन जोखिमपूर्ण : १८ लाख मानिस प्रभावित हुने अनुमान | Safal Khabar

बंगालको खाडीबाट आउने प्रणालीमार्फत् भारतको आसामको केही भूभाग र भुटान र बंगलादेशका पूर्वी भूभागमा मंगलबार मनसुनको आगमन भएको छ ।

दशैंमा पनि वर्षा हुने

यसपटक दशैँमा पनि वर्षा हुने देखिन्छ । यो वर्ष दशैँको घटस्थापना असोज ६मा र विजया दशमी असोज १६मा परेको छ ।

त्यसैले यसपटक हिले दशैँ नै हुने सम्भावना छ । गत वर्ष सन् २०२४ मा मनसुनको प्रवेश १० जुनमा भएर १२ अक्टोबरमा बाहिरिएको थियो ।

औसत अनुमानमा नेपालमा मनसुनको प्रवेश जुन १३ र बहिर्गमन अक्टोबर २ मा हुने गरिन्छ ।

यसपालिको मनसुन जोखिमपूर्ण : १८ लाख मानिस प्रभावित हुने अनुमान Nepalpatra

कुनै वर्ष मनसुनको अवधि छोटो भएको तथ्याङ्कले देखाउँछ । सन् १९७९ मा २४ जुनमा भित्रिएको मनसुन ७३ दिनपछि ४ सेप्टेम्बरमै बाहिरिएको थियो भने सन् २०२२ मा ५ जुनमा भित्रिएको मनसुन १३४ दिनपछि १६ अक्टोबरमा बाहिरिएको थियो ।

चाँडै मनसुन प्रवेश आरम्भ हुँदा खास गरी कृषिकार्यमा लागेकाहरूलाई त्यसैअनुसार खेतीपातीको समय मिलाउन आवश्यक पार्छ ।

सरदरभन्दा धेरै पानी पर्ने

यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

सामान्यतया मनसुन सक्रिय हुँदा १,५००–१,६०० मिलिमिटर वर्षा मापन गरिन्छ । गत वर्ष पनि सरदरभन्दा धेरै पानी परेको थियो । गत वर्ष १,७०० मिलिमिटरभन्दा धेरै वर्षा परेको विभागले जनाएको छ । सन् २०२३ मा १,५७० मिमि वर्षा भएको थियो ।

नेपालमा मनसुन प्रवेश गर्दै::Nepali Web Portal

मनसुनको समयमा सन् २०२४ मा केही अनौठा घटना पनि देखिएको थियो । जुलाई ७–८ मा २४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर क्षेत्रको दोधारा वर्षा मापन केन्द्रमा ६२४ मिमिको अति भारी वर्षा रेकर्ड गरिएको थियो भने सेप्टेम्बर २६–२९ को चारदिने अवधिमा भएको भारी वर्षाले काठमाण्डुसहितका जिल्लामा व्यापक जनधनको क्षति भएको थियो ।

सन् २०२४ मा मनसुनको अवधिभरि भएका बाढीपहिरोका घटनामा परी ४९५ जनाको मृत्यु भएको थियो भने ४५ अर्ब रुपैयाँजतिको हानि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो वर्ष समेत सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएकाले सरकारले विपद् पूर्वतयारीका निम्ति विशेष कार्ययोजना बनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रक्षेपणअनुसार यो वर्ष वर्षाका कारण हुने विपद्ले चार लाख ५७ हजार घरपरिवारका १९ लाख ९७ हजार मानिस प्रभावित हुनेछन् । -KP

 

 

Nepal life insurance