अर्घाखाँचीमा दैनिक १० हजार लिटर दुध बजारमा बिक्री हुन्छः पौडे्ल (तस्बिर सहित)

 

-सागर महत , अर्घाखाँची ।

जेठ १८, अर्घाखाँची ।  भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा विश्व दूध दिवसको अवसरमा कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of text that says "HORLD AORCOHILK AILK DAY दुधको खपत बहाओ, अर्थतन्त्लाई सबल बनाओ विश्व दूघ दिवस શ०८શ Milk DAY World Milk Day 2025 2025 ੴ जेठ, जेठ, २०२ June1.2025 June आयोजक 9 मेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्धाखांची"

कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल अर्घाखाँचीका कार्यालय प्रमुख विष्णु प्रसाद पौड्ेलले दुधमा जिल्ला आत्म निर्भर रहेको बताउनुभएको छ।

May be an image of 6 people and people studyingNepal life insurance

अहिले जिल्लामा दैनिक १० हजार लिटर भन्दा बढी दुध बजारमा बिक्री हुँदै आएको र हाललाई बजारीकरणको समस्या नरहेको उहाँको भनाइ छ ।यहाँको दुध गुल्मी,पाल्पा र कपिलबस्तुमा समेत निर्यात हुने भनाइ छ ।

May be an image of 3 people and text that says "23 សាសញ patt शुसेव्ा ज्ञकेन"

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले गाईको व्यवस्थापनको लागि गौशाला निर्माण गर्नु पर्ने समय आएको बताउनु भयो ।

May be an image of 5 people, dais and text

भैंसी दुध दिन छोडेपछि सहज रुपमा बिक्री हुने गरेको तर गाई दुध दिन छोडेपछि बिक्री नहुँने भएकाले यसको व्यवस्थापनमा तीन तहका सरकार लाग्न आवश्यक रहेको कोइराले बताउनुभएको छ।

May be an image of 10 people, people studying and text

कार्यक्रममा दुग्ध उत्पादनमा देखिएको चुनौती, प्रविधिको प्रयोग, बजार पहुँच तथा सरकारी नीतिको बारेमा जानकारी दिनुका साथै उनीहरूको सुझाव र अनुभवहरू संकलन गरिएको थियो ।

May be an image of 8 people, people studying and text

कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुन्द्रमणि भुसाल,अर्घाखाँची दुग्ध व्यवसाय संघका गणेश बन्जाडे,शितगंगा दुग्ध उत्पादन सहकारीका कमल पौडे्ल

May be an image of 7 people, people studying and text

पाणिनि दुग्ध सहकारीका बाबुरा घिमिरे ९भुवन० कृषक जिवनारायण आचार्य लगायतले शुभकामना मन्तव्य राख्दै आगामी बजेट किसान मैत्री हुनु पर्ने विषयमा जोड दिएको कार्यक्रम सुन्दरलाल विकको संचालनमा सम्पन्न भएको हो ।

 

Nepal life insurance