लागु औषध दुर्व्यसनी, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन भूमिकास्थानमा अभियान (तस्बिर सहित)

 

-टेकराज भुसाल ।

अर्घाखाँची। लागु औषध दुर्व्यसनी, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकामा संचालन भएको युवा सचेतना अभियान सम्पन्न भएको छ ।

May be an image of 5 people, people studying and textNepal life insurance

कानुनले बर्जित गरेपनि समाजमा लुकेर रहेको बालविवाह, महिला तथा जातीय विभेद, घरेलु हिंसा जस्ता सामाजिक विकृतिजन्य कु–रिति र दुर्व्यसनी नियन्त्रण गर्न नगरपालिकाको१० वटै वडामा यस्तो अभियान संचालन गरिएको हो।

May be an image of 4 people, people studying and text

भमिकास्थान नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरिय युवा सञ्जालले १० वटै वडाको प्रतिनिधित्व हुनेगरि ५ स्थानमा ५ सय बढि युवालाई सहभागी गराएर युवा सचेतना कार्यक्रम संचालन गरिएको भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालले बताउनुभएको छ।

May be an image of 5 people, people studying and text

भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालका अनुसार गत शुक्रबार भूमिकास्थान ९ र १० का युवाहरुको सहभागितामा धनचौरमा सचेतना कार्यक्रम गरि शुभारम्भ गरिएको उक्त कार्यक्रम आइतबार भूमिकास्थान ३ र ४ का युवाहरुको सहभागितामा धारापानीमा कार्यक्रम गरि समापन गरिएको छ।

May be an image of 7 people, people studying and text

अभियानमा हिमाली अनुसन्धान केन्द्र काठमाडौंका प्रतिनिधि पुरन पोख्रेलले लागु औषध के हो ? दुर्व्यसनी के हो ? मानिसहरु लागुऔषधको शिकार किनहुन्छन् ? कसरी छुटाउन सकिन्छ ? जस्ता बिषयमा युवाहरुलाई अभिमुखिकरण गर्नुभएको थियो भने सामाजिक कुरिति, कू–पर्था र अन्धविस्वांस के हो ?यसले मानिस र समाजलाई कसरी झेलेको छ ? मुक्त कसरी हुने भन्ने बिषयमा ट्रष्ट नेपाल खोटाङको अध्यक्ष गोमा राईले प्रशिक्षण गर्नुभएको थियो।

May be an image of 5 people and people studying

जेठ १६ गते शुक्रबार, जेठ १७ गते शनिबार र जेठ १८ गते आइतबार धनचौर,नुवाकोट, असुरकोट, ढाकावाङ्ग र धारापानी गरि ५ स्थानमा ५ सय बढि युवा तथा सरोकारवालाको सहभागितामा सम्पन्न अभियानमा भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसाल र पत्रकार गोपाल प्रसाद भट्टराईले सहजीकरण गर्नुभएको थियो।

May be an image of 6 people and text

२१औं शताब्दिमा पनि समाजमा जरा गाडेर बसेको बोक्सी, धामि, महिनावारी बार्ने, बालबिबाह, जातिय छुवाछुत र कुलत जस्ता समाजका हानिकारक विकृतिलाई रोक्न युवा सचेतना अभियानले प्रभाव पार्ने नगरप्रमुख झविलाल थापाको भनाई छ।

May be an image of 7 people, people studying and text

भौतिक निर्माणले मात्रै समाज समृद्ध हुन नसक्ने भन्दै नगरप्रमुख थापाले दिगो विकासको निम्ती समाजिक कू–रिति र दुर्व्यसन कारक बनेको बताउनुभएको छ। नागरिक सचेत नभएसम्म भौतिक सुविधाले सन्तुष्टी नमिल्ने निष्कर्ष सहित आफुहरुले यस्ता कार्यक्रम अगाडि बढाएको उहाँको भनाई छ ।

May be an image of 3 people, people studying and text that says "ocи "सजग युवा, सवल समाज, दुव्यसन र कुरात अतयवगा लागु औषध दुव्यमनी, सामाजिक अन्धविस्वास तथा कुरीति विरूद्रू नेतना कार्यत्रम- मिति: 10. जेष्ठ 96 देखि कार्यक्रम-थ0 શ० गतेसम्म भुनिकास्थात नमरपालिका, अर्चारसोची आयोजक नगर स्तरीय युवा युवासज्ज सज्ज भूमिकास्थान नगरपालिव नुवाकोट, अर्घखांची"

सचेत युवाको एकताले समाजमा व्याप्त कूपर्था र दुर्व्यसनी न्युनीकरण गदै सृमद्ध समाज बनाउन सकिने विस्वांस व्यक्त गर्दै नगरप्रमुख थापाले कर्म र उत्पादनमा जोडिन सबै नागरिकलाई अपिल गर्नुभएको छ।

May be an image of 5 people, people studying and text

आम नागरिकको सकरात्मक सोंच र युवाहरुको सक्रियताले समाजका हानिकारक पर्था र गलत संस्कार हटाउन सकिने भन्दै नगर उपप्रमुख बालकृष्ण बन्जाडे र प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले नगरपालिकाको अभियानमा सबैको हातेमालो जरुरी रहेको बताउनुभएको छ।

May be an image of 5 people and text

कार्यक्रममा नगरपालिका संगै भूमिकास्थान १ का वडाध्यक्ष गोपाल खनाल, २ का वडाध्यक्ष बुद्धि बहादुर थापा, ३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र १० का वडाध्यक्ष खगिश्वर पन्थी,कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, वडासचिव, विद्यालयका शिक्षक प्रतिनिधि, स्वास्थ्यचौकीका प्रतिनिधि, प्रहरी सहित सामाजिक अगुवाको अग्रणी सहयोग रहेको थियो।

May be an image of ‎5 people, people smiling and ‎text that says "‎Get HURCI ്്തന acer माज मााबरव रपरथ कर्मिठ nalo पहानी यू्का "सजग युवा, सवल समाज, दुव्यंसन र कु्रीानि अनत्यको आवाज" औषध दुत्यसनी. सामाजिक अन्धविस्वासु तथा करीति विक युवा सचेतना जेळ्ठ कारयत्रम कार्यक्रम-२0८. ג02י मिति: ၃၀ခ देसि गतेसम्म अ्षिकरরाর सरवालिका, आदिष्ची नमर सतरी मिकारू 月]‎"‎‎

युवा सचेतना अभियानमा सहभागी युवा तथा सरोकारवालाले समाजका नकरात्मक पक्षजस्तैः बोक्सी, दाइजो, बाल विवाह र दुव्र्यसनी जस्ता कुरीतिलाई अन्त्यगर्न भूमिका खेल्ने प्रण गरेका छन् ।

Nepal life insurance