अर्घाखाँची: श्री भगवती मावि शन्खेटारीमा बक्तृत्वकला प्रतियाेगिता सम्पन्न (तस्बिर सहित)

 

-अनिल नेपाली , अर्घाखाँची  ।

अर्घाखाँची – राष्ट्रिय दलित पत्रकार सघ नेपाल लुम्बिनी प्रदेश समितिकाे आयोजनामा अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको श्री भगवती माध्यमिक विधालयमा राष्ट्र निर्माणका लागि बिधार्थीकाे भुमिका बिषयक बक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ ।

May be an image of 8 people, people studying and text

कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

May be an image of 10 people and text

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले समाज सुधार र देश निर्माणमा सबै भुमिका महत्त्वपूर्ण हुदै बताउदै समाजमा अझै पनि अन्धविश्वास रूढिबादी परम्पराले केही जातीय द्वन्द्व आउने गरि छुवाछूतका घटना घटेता पनि त्यसलाई न्युनिकरण गर्न दलित समुदायलाई आत्मनिर्भर बनाउने गरि नीति तथा कार्यक्रमसहित

May be an image of 8 people, people studying and text

सन्धिखर्क नगरपालिका अगाडि बढेको र यस्ता सकारात्मक र रचनात्मक कार्यक्रमले समाज सुधारमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै राष्ट्रिय दलित पत्रकार सघले आफ्नो स्थापना दिवसको अबसरमा सकारात्मक काम गरेको बताएका थिए ।

May be an image of 8 people, people studying and text

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न २ का अध्यक्ष माेतिजङ रायमाझी विधालयका प्रधानाध्यापक धुब ब केसी पत्रकार महासघका लुम्बिनी प्रदेशका काेषाध्यक्ष प्रेमनारायण आचार्य , जिल्ला अध्यक्ष गणेश खनाल , प्रेस चाैतारी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष शाेभाखर पन्थी समाजबादी प्रेस सगठनका केन्द्रीय उपाध्यक्ष हृदय कुमार

May be an image of 10 people and text

भुसाल दलित अधिकारकर्मी बिष्णु परियार सन्जय नेपाली लगायतले कार्यक्रममा मन्तब्य राख्दै दलित पत्रकार सघले आफ्नो स्थापना दिवसको अबसरमा सकारात्मक र रचनात्मक काम गरेको भन्दै प्रशासा समेत गरेका थिए ।

May be an image of 15 people, people smiling and text

उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा प्रथम द्वितीय तृतीय शान्तवना हुने विधार्थीलाई प्रशशा पत्र नगद पुरस्कार सहित सम्मान गरिएको थियोे ।

May be an image of 8 people and text

कार्यक्रम सघका लुम्बिनी प्रदेशका सचिव अनिल नेपालीको अध्यक्षता जिल्ला उपाध्यक्ष नवीन रसाइलीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा त्रियाशिल सञ्चारकर्मी दलित अगुवा , जनप्रतिनिधि लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे।

 

Nepal life insurance

अन्य समाचारहरु