आज पनि व्यवसायीले गाडी चलाएनन, सर्वसाधारणलाई सास्ती

 

काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन गाडी बन्द गर्दा आज पनि यात्रुलाई सास्ती भएको छ ।
सरकार र यातायात व्यवसायीबीच सोमबार राति छबुँदे सहमति भएपनि व्यवसायीले सार्वजनिक सवारी साधन चलाएका छैनन्।

Nepal life insurance

सरकार र यातायात व्यवसायी छलफलमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्ने सहमति भएको थियो।

 

यसलाई गण्डकी प्रदेश सरकारले कार्यान्वयन गर्न बाँकी रहेकाले आन्दोलनका कार्यक्रम यथावत रहेको व्यवसायीले बताएका छन् ।
साझा लगायत फाट्टफुट्ट चलेका सार्वजनिक सवारीले यात्रुको चाप थेग्न सकेका छैनन्। अस्पताल जानुपर्ने बिरामी पैदलै यात्रा गरिरहेका छन्।

सवारी साधन कम चलेको मौका छोपेर अफलाइन राइडहरूले यात्रुहरूसँग महँगो भाडा असुल्न थालेका छन्।

 

Nepal life insurance