



– गंगा ज्ञवाली, कीर्तिपुर
म हराएकी छु
एउटा विशाल सागरमा,
र आफू हराउनुमा मेरो पूर्ण सहमति हो,
म भेटिन चाहन्न,
देखिन चाहन्न
अनि खोजिन पनि चाहन्न
किनकि –
त्यो एउटा रहस्यमयी सागर हो,
त्यो विशाल सागरमा हराउँदा,
त्यो रहस्यमयी सागर संग लहराउँदा
त्यहाँ आत्माले – आत्मा सँग
प्रेमको असिम गहिराइ पाउँछ,
र यो रहस्यमयी बन्धन नैं,
मेरो मनको –
मुक्तिको एकमात्र बाटो हो। ……♥
– गंगा ज्ञवाली , कीर्तिपुर चोभार
2082/02/22



