



-सुदीप पौडेल , पाणिनि अर्घाखाँची।
पाणिनि .६ धातिवाङ्ग केा अायाे जनामा मिति २०८२ जेष्ठ २२ गतेदेखि .२४ सम्म “कृषि, शिक्षा, स्वास्थ्य र दिगो पूर्वाधार, समृद्ध धातिवाङ्को आधार” भन्ने नाराका साथ अर्घाखाँचीको पाणिनी गाउँपालिका–६, धातिवाङ्गमा तीनदिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

पाणिनि गाँउ पालिका वडा नं. ६ कार्यालयको आयोजनामा तथा पाणिनी पत्रकार समाज नेपाल, दुर्गाफाँट शाखाको सहजीकरणमा सञ्चालित तालिम जेष्ठ २२ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको हो। तालिममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।


आधारभूत पत्रकारिता तथा उद्घोषणा कार्यक्रमको उद्देश्य ग्रामीण भेगमा सञ्चार क्षेत्रको पहुँच विस्तार गर्नु, पत्रकारिता तथा उद्घोषण विधामा युवाहरूलाई दक्ष बनाउनु र जिम्मेवार सञ्चारकर्मी उत्पादन गर्नु रहेको थियो। प्रशिक्षकहरूले समाचार संकलन तथा लेखन, सार्वजनिक बोलचालको शैली, उद्घोषण कला, पत्रकारिताका आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए।


तीन दिवसीय कार्यक्रममा पाणिनी गाउँपालिकाका जनप्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता तालिमहरूले आफूहरूलाई आत्मविश्वासी र सक्षम बनाएको प्रतिक्रिया दिएका छन् ।

पाणिनि पत्रकार समाज नेपाल को सहजीकरणमा सम्पन्न कार्यक्रममा स्वतन्त्र पत्रकार डिआरजी सुमन लें पत्रकारिता को चुनौति को विषयमा तालिम दिनु भएको थियो भने पाणिनि पत्रकार समाज का अध्यक्ष भिम विक र वरिष्ठ पत्रकार विजय पोखरेलले आधारभूत पत्रकारिता र उद्घोषण का विषयमा तालिम दिनु भएको थियो ।

माधव वेल्वासेले रेडियो पत्रकारिता सम्बन्धि तालिम दिनु भएको थियो भने प्रकाश प्युठानीले सामाजिक संजालको विषयमा तालिम दिनु भएको थियो ।


तीन दिन सम्म संचालित तालिमको समापन कार्यक्रममा ६ नं वडाध्यक्ष तथा अन्य अतिथिहरूले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम अनुप पौडेलको संचालन र कृष्ण प्रसाद पौडेलको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।
थप तस्बिर :








