




काठमाडौँ । इजरायलले स्विडेनी वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्गलाई स्वीडेन फिर्ता पठाएको छ । ग्रेटालाई फ्रान्सको उडानमा राखिएको र उनलाई देश निकाला गरिएको छ ।

सोमबार, इजरायली सेनाले ग्रेटा र अन्य ११ जना साथीहरूलाई गाजाको तट नजिकैबाट मेडेलिन नामक जहाजसहित नियन्त्रणमा लिएको थियो । जसलाई पछि इजरायलको अश्दोद बन्दरगाहमा लगिएको थियो । ग्रेटा जुन १ मा इटालीको तटबाट गाजाका मानिसहरूका लागि राहत सामग्री लिएर प्रस्थान गरेकी थिइन् ।
इजरायलको विदेश मन्त्रालयले ग्रेटालाई देश निकालाको बारेमा जानकारी दिएको छ।


थनबर्गले गाजाका मानिसहरूका लागि औषधि, अन्न, बच्चाहरूको लागि दूध, डायपर र पानी शुद्धीकरण गर्ने सामान बोकेको बताएकी थिइन् । इजरायलले मार्च २ देखि गाजामा राहत सामग्रीको प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ, जसका कारण त्यहाँका २३ लाख मानिसहरूमध्ये ९३ प्रतिशत भोकमरीको सामना गरिरहेका छन् ।



