भारतको अहमदाबादमा २४२ यात्रु चढेको विमान दुर्घटना

 

काठमाडौँ । भारतको गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना भएको छ ।

May be an image of fire

Nepal life insurance

मिडिया रिपोर्टका अनुसार दुर्घटनाग्रस्त विमान एयर इन्डियाको हो र त्यसमा चालक दलका सदस्यसहित २४२ यात्रु सवार थिए । दुर्घटनापछि आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको छ । मिडिया रिपोर्टका अनुसार अहमदाबाद विमानस्थलबाट उडान भर्ने बित्तिकै विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विमान अहमदाबादबाट लन्डन जाँदै गरेको थियो । विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विस्तृत विवरण आउदैछ…

 

Nepal life insurance