




काठमाडौँ । भारतको अहमदावादमा भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा राहत र उद्धारको कार्य जारी रहेको छ ।

एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको ५ मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।
विमान विमानस्थल परिसर नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।


विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमान अहमदावाबाट लन्डन जादै थियो ।
विमान सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।
जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभ्रवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अहमदाबाद विमानस्थलको रनवे-२३ बाट भारतीय समयअनुसार दिउँसो १:३८ मा उडेको ५ मिनेटभित्रै जहाज दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद प्रहरीका आयुक्त जीएस मलिकका अनुसार उक्त जहाज विमानस्थलनजिकै रहेको मेघाणीनगरमा दुर्घटनामा परेको हो ।
उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।




