विजयनगरम विद्यार्थीलाई खेलकुद सामग्री वितरण (तस्बिर सहित)

 

– धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तु – कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा विद्यार्थीलाई खेलकुद सामग्री वितरण गरिएको हो । सेचेन करुणा नेपालले बुधबार विद्यार्थीलाई खेलकुद सामग्री उपलब्ध गराएकाे हाे । सेचेन करुणाले कार्यक्रम लागू गरेका १, २ र ७ नम्बर वडाभित्र रहेका ७ ओटा निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयलाई खेलकुद सामग्री दिएकाे हाे ।

Nepal life insurance

नेपाल तारा मावि मगरघट्टा, जनजागृति मावि लाेहराैला, दूधाधारी नमुना मावि गुगाैली, आधारभूत विद्यालय नेवलागञ्ज, लाैटनराम द्राेपदी देवी मावि गणेशपुर, त्रिनेत्र मावि मधुनगर-साेनवर्षा र जनज्योति आधारभूत विद्यालय मानपुर-ढाेढरीलाई उक्त सामग्री उपलब्ध गराइएको छ ।

May be an image of 12 people, tree and text that says "nyФФ कार्यलय किशा 0KG. জরাল D"

गाउँपालिकामा सेचेन करुणाद्वारा सञ्चालित नेपाल एकीकृत परियाेजना अन्तर्गत विद्यालयमा गठन भएका बाल क्लबलाई साे खेलकुद सामग्री वितरण गरिएको सेचेन करुणाका जिल्ला हेड अफिसर हुमलाल अधिकारीले जानकारी दिए । उनले विद्यार्थीकाे शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने उद्देश्यले खेलकुद सामग्री विद्यार्थीलाई प्रदान गरिएको बताए ।

May be an image of 14 people, tree and text

भलिबल २ थान, भलिबल नेट १ थान, हुलाहुप ३ थान, फुटबल २ थान, स्किपिङ राेेप ३ थान, क्रिकेट १ सेट, ब्याडमिन्टन २ थान, कक १ राेल, चेस बाेर्ड १ थान, साना बालबालिकाकाे बल ३ थान र सर्टपुट १ थान र बाल विकास केन्द्रलाई प्राेफाइल सामग्री वितरण गरिएको अधिकारीले जनाए ।

May be an image of 6 people and text that says "M ውተዳ 분축수에스 피스어박동 09 a किसान पलोट दाना ग्रोइलर प्रोईलरस्टार्टर स्टार्टर B-1"

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले खेलकुद सामग्रीले विद्यालयप्रति विद्यार्थीकाे लगाव बढ्ने बताए । यसले विद्यार्थीकाे सक्रियता बढ्नुकाे साथै विद्यार्थीकाे संख्यासमेत वृद्धि हुने उनले बताए ।

May be an image of 5 people and text

स्वास्थ्यकाे हिसाबले पनि महत्त्वपूर्ण भएकाेले शारीरिक र मानसिक रुपमा विकास हुने अध्यक्ष थापाकाे भनाइ छ । प्राप्त सामग्रीकाे उचित उपयोग गर्दै विद्यालयले व्यवस्थापकीय पक्षमा जाेड दिन उनलेे आग्रह गरे ।

May be an image of 12 people, tree and text that says "nyФФ कार्यलय किशा 0KG. জরাল D"

कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, थारू प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजाल शिक्षा शाखा प्रमुख हरिहर बेल्बासे लगायत सम्बाेधन गरेका थिए ।

 

Nepal life insurance

अन्य समाचारहरु