




-दिनेश रदिफ गैरे, पाणिनि।
पाणिनि – अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नं ५ मैदान काफलबुटा मा १ दिने ‘ भाषा तथा संस्कृति जगेर्ना गर्ने कार्यक्रम २०८२ ‘ सम्पन्न भएको छ ।

पाणिनि गाउँपालिका वडा नं ५ मैदान को आर्थिक सहयोग र झुमादेबी युवा कल्बको सहजिकरण मा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको प्रसिक्षक को रुपमा पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनाम , चर्चित उद्घोषक विकास भट्टराई रहनु भएको थियो । सो कार्यक्रममा स्वतन्त्र पत्रकार डिआरजी सुमन, समाजसेवी खगिश्वर घिमिरे , बसन्त केसी लगायतको उपस्थित रहेको थियो ।


कार्यक्रमको प्रमुख अतिथिको रुपमा पाणिनि वडा ५ मैदान का वडाअध्यक्ष ईन्द्रमणी घिमिरे, बिशिस्ट अतिथि मा मैदान वडा सदस्य धनसिंह सुर्यवंसी को समेत उपस्थिति रहेको थियोे ।
कल्बका अध्यक्ष देब बहादुर जि सी को अध्यक्षता रहेको कार्यक्रम अन्जु बेल्वासे को संचालनमा सम्पन्न भएको छ ।



