




काठमाडौँ । इजरायली आक्रमणमा इरान रिभोलुसनरी गार्ड प्रमुख हुसेन सलामीको मृत्युपछि, पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमाण्डर-इन-चीफ नियुक्त गरिएको छ ।

प्रमुखमा नियुक्त भएसँगै, जनरल वाहिदीले आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन् ।

इरानी सरकारी मिडियाका अनुसार, इजरायली आक्रमणमा अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ। यसमा इरान रिभोलुसनरी गार्डका कमाण्डर-इन-चीफ हुसेन सलामी, खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर घोलामाली रशिद र चीफ अफ स्टाफ मोहम्मद बघेरी समावेश छन्।

यस बाहेक, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक र तेहरानको इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको छ ।



