अमेरिका–इरान बिच आज हुने भनिएको बार्ता अन्तिममा रद्द

 

काठमाडौं, १ असार । इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको छ । इरान र इजरायलबीच जारी द्वन्द्वका बीच इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको हो ।

यो वार्ता आइतबारका लागि तय गरिएको थियो । यसअघि अमेरिका र इरान बिच आणविक बार्ता पटक पटक भएको थियो, जसलाई दुबै पक्षले सकारात्मक रूपमा अर्थ्याउँदै आएका थिए ।

Nepal life insurance

तर, बार्ता जारी रहेको बेला अचानक गत शुक्रबार इजरायलले इरान माथी हमला गरेर त्यसका प्रमुख सैन्य कमाण्डरसहित आणविक बैज्ञानिकहरूलाई मारिदिए पछि मध्यपुर्व थप अशान्त बन्न पुगेको बेला यो बार्ता भाँडिएको हो ।

ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले सामाजिक सञ्जाल पोस्टमार्फत बार्ता स्थगित भएको  जानकारी दिएका हुन् । अल्बुसैदीले अगाडी भने– ‘कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र उपाय हो ।’

 

Nepal life insurance

 

अन्य समाचारहरु