भारतको उत्तराखण्डमा ७ यात्रु सवार हेलिकप्टर दुर्घटनाग्रस्त

 

काठमाडौँ । भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

हेलिकप्टरमा ७ जना सवार रहेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि हेलिकप्टर दुर्घटनाको जानकारी दिएका छन् । मुख्यमन्त्री धामीले हाल प्रहरी र स्थानीय प्रशासन राहत र उद्धार कार्यमा लागेको बताएका छन् ।

हेलिकप्टरमा सवार व्यक्तिहरू केदारनाथ मन्दिरको दर्शन गर्न जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

 

 

Nepal life insurance