गोकुल बास्कोटाको रास्वपामाथि कटाक्ष- यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला !

 

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कटाक्ष गरेका छन् ।

बजेट अधिवेशनका बेला संसद अवरुद्ध गरेको भन्दै बास्कोटाले बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला भन्दै कटाक्ष गरेका हुन् ।

बजेट अधिवेशनका बेला अहिले रास्वपाले भिजिट भिसा प्रकरणमा संसदमा अवरोध गरिरहेको प्रति बास्कोटाले कटाक्ष गरेका छन् ।

उनले भनेका छन्-    

वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो । उनीहरुले सरकारलाई आफुले पनि आलोचना नगरिकन  र अरुबाट हुन सक्ने मौका समेत बन्द गरि दिएर हुनसम्म सजिलो बनाई दिए । बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला । जे होस देउसी लय मिलेको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु