अर्घाखाँचीमा श्रीमतीले श्रीमान मारिन् , कञ्चनपुरमा श्रीमानले श्रीमती मारे,

 

कञ्चनपुरमा श्रीमानले श्रीमती मारे, अर्घाखाँचीमा श्रीमतीले श्रीमान मारिन्

काठमाडौं,  असार । हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

Nepal life insurance

कञ्चनपुरमा आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोल बस्ने ५० वर्षीय कालु सुनारलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरमा श्रीमानले श्रीमती मारे, अर्घाखाँचीमा श्रीमतीले श्रीमान मारिन् - Sanchar Dabali

घरायसी झै–झगडा हुँदा कालुले जुना देवीको घाँटी च्याप्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।

उता, अर्घाखाँचीमा भने आफ्नै श्रीमान ३८ वर्षीय रामु कुमालको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका–३ शिख्र बस्ने २७ वर्षीया मेखमाया कुमाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

images

घरायसी विषयमा झै झगडा हुँदा मेखमायाले धारिलो हतियार प्रहार गर्दा रामुको गए राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

images

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

images

Nepal life insurance