




-कृष्ण परियार, असार , सन्धिखर्क ।
सन्धिखर्क । मदन भण्डारी फाउन्डेसन जिल्ला समिति अर्घाखाँचीको गठन गरिएको छ । शनिबार जिल्ला भेला आयोजना गरि एमाले नेता एवं अर्घाखाँचीका राजनीतिक, शैक्षिक र सामाजिक ब्यक्तिव श्रीकृष्ण भुसालको नेतृत्वमा मदन भण्डारी फाउन्डेसन अर्घाखाँची शाखा गठन गरिएको हो ।


मदन कुमार भण्डारीको राजनैतिक योगदान, सोच बिचारहरुको संरक्षण एवं तिनको ब्याख्या विश्लेषण र बिकास गर्न ,सामाजिक रुपान्तरण, लोकतन्त्र र राष्ट्रियताकालागि उहाँले दिनुभएको योगदानलाई चिरस्थायी बनाइ राख्न,उहाँको काम र अनुभवबाट नयाँ पुस्तालाई प्रशिक्षित गर्ने उदेश्यले जिल्लाका सबै पालिकाबाट प्रतिनिधित्व हुने गरि शनिबार जिल्ला भेला आयोजना गरि मदन भण्डारी फाउन्डेसन अर्घाखाँची जिल्ला समितिको गठन गरिएको छ ।


१५ सदस्यीय समितिको सदस्यहरुमा बिष्णु प्रसाद मिश्र,दुर्गा अधिकारी, शोभाखर पाण्डे, रुपा प्रधान, जानका खनाल, खिमानन्द खनाल, मोति भट्टराई, ऋषि घिमिरे, कमल बेल्बासे, मेनुका पौडेल, राधा पराजुली, बिमला पौडेल, हरिलाल खनाल, शंकर न्यौपाने रहनु भएको छ।

शनिवार अर्घाखाँचीको पर्यटकीय क्षेत्र नरपानीमा रहेको नरपानी सुपादेउराली रिसोर्टमा संपन्न भेलामा शुभकामना मन्तव्य राख्नुहुने वक्ताले मदन भण्डारी समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर ब्यक्तित्व, नवीन बिचारक तथा उन्नत राजनीतिक सस्कृतिका प्रणेता,सिद्धान्तनिष्ठ राजनीतिज्ञ भएको बताएका छन् ।

नेपालमा काङ्ग्रेस र कम्युनिस्ट मिल्ने हो भने जनताको शान्तिपूर्ण आन्दोलनबाट नै तानाशाही निरंकुश पन्चायती ब्यबस्थाको अन्त्य गर्न सकिन्छ भन्दै मदन भण्डारीले तत्कालीन नेकपा मालेको चौथो महाधिवेशनबाट संयुक्त जन आन्दोलनको नीति पास गराउनु भएको र मदन भण्डारीकै पहलमा तत्कालीन नेपाली काङ्ग्रेसलाई समेत पन्चायती ब्यबस्था बिरुद्द संयुक्त जन आन्दोलन गर्न सहमत गराएर काङ्ग्रेस– कम्युनिस्ट मिलेर २०४६को जन आन्दोलन सफल भएको इतिहास स्मरण गराएका छन् ।

भण्डारी नवीन बिचारक मात्र नभएर उन्नत राजनीतिक सस्कृति भएका नेता भएकाले नै पार्टीलाई एकताबद्ध बनाउदै लगेको र आफू शक्तिशाली महासचिव भैरहेको समयमा पनि आफूले उदारता देखाएर नेकपा माले र मार्क्सवादी बीच पार्टी एकीकरण गरेर मनमोहन अधिकारीलाई नेकपा एमालेको अध्यक्ष बनाएको स्मरण गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुमा प्रमुख अतिथि एवं नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सचिवालय सदस्य लक्षमण रायमाझी, केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, मदन भण्डारी फाउन्डेसन केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज बल बहादुर आचार्य, एमाले नेता एवं संघीय प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी, एमाले अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, एमाले नेता एवं शितगङ्गा नगरपालिका उप प्रमुख गिता भाट रहनु भएको थियो ।


कार्यक्रम मदन भण्डारी फाउन्डेसन महाधिवेशन प्रतिनिधि श्रीकृष्ण भुसालको अध्यक्षता, युवा नेता शोभाखर पाण्डेको संचालन र ऋषि घिमिरेले स्वागत मन्तव्यमा संपन्न भएको हो ।


भेलामा नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज भुसाल,एमाले नेता प्रेमनारायण गैरे ,प्रदेश सल्लाहकार एवं एमालेका पुराना नेता काशिराम आचार्य, नारायण खनाल,मालारानी गाउँ पालिका पूर्व अध्यक्ष बालकृष्ण आचार्य, ओपि पाण्डे, पाणिनी क्याम्पस सह प्राध्यापक बाबुराम शर्मा,निबृत्त राष्ट्र सेवक उपसचिव लिल बहादुर राउत, नारायण अर्याल, टेकराज आचार्य, जनक बस्याल, बिनोद भट्टराई, कविता घिमिरे, चन्द्र भुसाल, राजन भुसाल,राम प्रसाद गैरे, बलराम मरासिनी,सुर्य प्रसाद गैरे, लगायतका बौद्धिक ब्यक्तित्वहरु, बिष्णु आचार्य, शुस्मा श्रेष्ठ, देबि थापा भुसाल, सुमित्रा कुमाल, बिमला केसी, पार्वता श्रेष्ठ, पार्वती भुसाल लगायतका महिला नेताहरु, तिलक मिश्र, खेमराज चुदाली,कल्पना बिश्वकर्मा लगायतका जनप्रतिनिधिहरु समेतको आतिथ्य रहेको थियो ।
जिल्ला भेलामा अर्घाखाँची जिल्लाका ६ वटै पालिकाबाट उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।



