रिसोर्टमा सकुशल भेटिए फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर

 

काठमाडौं । फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई काठमाडौँको बालाजुको रिसोर्टमा भेटाएको हो ।

Nepal life insurance

प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसनको आधारमा खोज तिब्र पारेको थियो ।  फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कबिहिन भएपछि उनलाई खोज्न प्रहरीलाई अनुरोध गरिएको थियो ।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर  मोवाइल बन्द गरेका थिए । उनले सोमबार बिहान फेसबुकमा सबै जनालाई अलविदा मलाई माफ गरिदिनु भन्दै लेखेका थिए ।

१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले आफूलाई काम गर्न नदिएको भन्दै आफुलाई स्वास्थ्य मन्त्रालयले समेत सहयोग नगरेको आरोप लगाएका छन् ।

 

Nepal life insurance