क्षयरोग जोखिम समूहमा खोज–पड्ताल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

 

-टेेकराज भुसाल, अर्घाखाँची।

अर्घाखाँची। भूमिकास्थान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भूमिकास्थान–१, राजिमेमा क्षयरोगकाे जोखिम समूहमा सक्रिय क्षयरोगकाे खोज–पड्तालसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 1 person, studying and text that says "ተትድባባታ মসমা Dots विधिवाट औषधि बुवाओ, क्षयरोग निको मराग क्षयरोगको जोखम समूहमा सक्रिय क्षयरोगको समग मनय खोजपड्ताल सम्बन्धी अमिमुरसीकरण कार्यक्रम मम्रता (आ.व. ನಂದ/-) TE जरी क्षयरोग रेकशाम उपचारवाद नजियन्त्रण हूने रोगह 1 मिति: २०८२/ २०८२/०३/२ 0३/2 गते स्थान: राजिगे आयोजक भूमिकास्थान नगरप स्वास्थ्य स्वा शा. नुवाकोट अर्धा"Nepal life insurance

“Dots विधिबाट औषधी खुवाऔं, क्षयरोग निको गराऔं” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र भूमिकास्थान–२ का इन्चार्ज श्याम चुदालीले क्षयरोग के हो? यसले कसरी आक्रमण गर्छ? यसकाे राेकथामकाे उपाय ? यसको इतिहास लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।

May be an image of 8 people and text

ढाकावाङ्ग स्वास्थ्य चौकी प्रमुख रन्जिता रायमाझी र लिसा बिकले सहजीकरण गर्नु भएको कार्यक्रममा भूमिकास्थान–१ का वडा अध्यक्ष गोपाल प्रसाद खनाल, वडा सदस्य चमकली सार्की, भूमिकास्थान युवा सञ्जालका संयोजक तथा पत्रकार टेकराज भुसाल, स्थानीय टोल विकास समितिका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयको उपस्थिति रहेको थियो।

May be an image of ‎1 person and ‎text that says "‎폭거고 Dots विधिवाट औरधि बवाओ, क्षयरोग बिको गरागी क्षयरोगको जोखस समूहमा सक्तिय क्षयरोगको रमर អ.ជ खोजपडताल सम्बन्धी अमिमुरीकरण कार्यक्रम (आ.व. २०८૧/੮੨) 나 ف O ብራ कयरीग राकाम उध्यास्ास् निवन्जप नेरम मिति: २०८२/ २०८३/०३/2 मिति:२०८२/०३/रगते 0३/2 गते स्थान: राजिसे मखोक़ भूमिकास्थान नगरपालिका स्वास्थ्य स्वास्थ्यशासा नुवाकोट अ्धराची शाखा‎"‎‎May be an image of 8 people and text

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस कार्यक्रम मार्फत समुदायमा क्षयरोगको पहिचान, रोकथाम र उपचारको विषयमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो भने भाेली समुदायबाट खकार संकलन गरि खकार जाँच समेत गरिने ढाकावाङ्ग स्वास्थ्य चाैकी प्रमुख रायमाझीले जानकारी दिनुभएको छ ।

May be an image of 5 people, people studying and text

सहभागीहरूले कार्यक्रम निकै उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए।

 

Nepal life insurance

अन्य समाचारहरु