समाजवादी ट्रेड युनियन महासंघ जसपामा रुपान्तरण

 

काठमाडौं, ३ असार । समाजवादी ट्रेड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ।

महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो ।

Nepal life insurance

रुपान्तरित कार्यक्रमका प्रमुख अथिति समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने ‘श्रमिकहरुको हक अधिकार रक्षा लागि पार्टीले सधै पक्ष पोषण गर्नेछ, पार्टी निर्माणको यो अभिन्न अंग हो।’

केन्द्रीय अध्यक्ष अशोककुमार राईले भने, ‘उपेन्द्रजीको एकांकी व्यावहारले वृहत पार्टी निर्माण गर्न र पहिचान स्थापित गर्न नसकिएको बताए । पार्टीको महाअधिवेशनमा आफु निकट केही संख्याका मानिसलाई रातारात प्रतिनिधि बनाएर कब्जा गर्न खोजेको अहिलेको व्यवहारले प्रष्ट भएको बताए ।

महासचिव मो ईश्तिहाक राई भने, ‘उपेन्द्रसँग भएको म एक्लो यस्तो व्यत्ति थिए, जो १८ बर्ष देखि काम गर्दै आएको थिए तर र्टी निर्माण क्रममा म माथि ६ वटा मुद्दा लगाइयो, विभिन्न आन्दोलनमा पटक पटक जेल पनि गइयो ।’ श्रमिकहरुको एकताले देशको शासन व्यवस्था बदलेको ईतिहास रहेको जनाउँदै उनले अब श्रमिकहरुले आफनो हक अधिकारको लागि एक जुट भएर जानुको विकल्प नभएको बताए ।

images

उपेन्द्र यादवले आफु भन्दा सिनियर नेताहरुलाई पार्टीमा मिलाएर राख्न नसकेको पनि बताए । ‘उपेन्द्रजीले बाबुराजजीलाई भगाउनु भयो, महन्थ ठाकुर छोड्न बाध्य तुल्याउनु भयो । लामो काम गर्नु भएको अशोकजी , राजेन्द्रजीहरुलाई पनि छोड्न बाध्य पार्नु भयो।’

images

समाजवादी टे«ड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको उत्त कार्यक्रममा पार्टी केन्द्रीय नेताहरुको पनि उपस्थिति रहेको थियो ।

 

images

Nepal life insurance