न्याय प्रणालीप्रति दृढ विश्वास जाग्यो- रविन्द्र मिश्र

 

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र आफुलाई अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौँ जिल्ला अदालतले मंगलबार तीन लाख धरौटीमा छोड्ने आदेश दिएपछि प्रतिक्रिया दिदै मिश्रले नेपालको न्याय प्रणालीप्रति दृढ विश्वास जागेको बताउदै अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउमा विवेक प्रयोग गर्दो रहेछ भन्ने आफुलाई लागेको बताए ।

मिश्रले भने- ‘अदालतले न्याय दिएकोमा, राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा अदालत न्याय दिन सक्षम रहेछ र अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउमा विवेक प्रयोग गर्दो रहेछ, नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जगाइदिएको छ । हामीलाई दोषी करार गर्न राज्यबाट विभिन्न किसिमका आरोपहरु लगाइयो ति दुखदायी थियो तर अदालतबाट न्याय पाइयो, हामी खुशीछौं ।’

मिश्रले पहिलो पटक हिरासत बसाई भएकाले सो अवधिमा सबैको साथ नपाएको भए आफुहरुको अत्विश्वास डगमगाउने बताए । उनले राज्यले प्रतिशोध लिन खोज्दा पनि राज्यका निकायले विवेक प्रयोग गर्दा न्याय सम्पादन हुने बताए ।

मंगलबार बिहान अदालतमा हाजिर भएका मिश्रको मुद्धामा आजै थुनछेक बहसपछि न्यायाधीश तारादेवी महर्जनको इजलासले तीन लाख धरौटीमा छोड्ने आदेश दिएको थियो ।

images

 

Nepal life insurance

images