श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री

 

काठमाडौं, ५ मंसीर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नु पर्नेमा जोड दिएका छन्।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीवार राजधानीमा आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय तथा संस्थाको अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले गोष्ठीमा प्रस्तुत भएको प्राविधिक कार्यपत्रलाई थप परिष्कृत गरी नेपालको आफ्नै तथा विश्व श्रम बजारको माग बमोजिम सीप तथा क्षमता विकासलाई जोड दिएका हुन ।

Nepal life insurance

मन्त्री भण्डारीले देशभित्रै रोजगारी सृजना गर्नु नै पर्ने चुनौतिलाई समाधान गर्न सबै सरोकारवालाहरु गम्भीरतापूर्वक कार्य गर्नु पर्ने बताए। उनले भने, ‘देशभित्र आन्तरिक रोजगारीको प्रचुर सम्भावनाहरु छन, हामीले तालिम दिएर मात्रै हैन, व्यवहारिक र प्रविधिमा आधारित ज्ञान सीपको प्रवर्द्धन गर्नु पर्नेछ’।

उक्त कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले नेपालको श्रम बजारमा देखा परेको असिमेट्रिक मार्केट सिन्ड्रोम र म्युटेसन सिन्ड्रोमलाई तोड्न प्रभावकारी तवरले काम गर्न श्रम बजारको माग र श्रमिकको प्रक्षेपणमा मन्त्रालयले जोड रहेको प्रष्टयाए ।

कार्यक्रममा सचिव डा. पुष्करले आन्तरिक रोजगार प्रवर्द्धनको दश बर्षे अभियानमा संलग्न हुन सबैलाई आह्वान गरेका थिए। त्यस्तै, ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले अहिले देशैभरी स्थानीय तहहरुले सीपमुलक तालिम दिने होडबाजी चलाएको भए पनि तालिम प्राप्त गर्ने व्यक्तिहरुलाई श्रम बजारमा प्रवेश गराउन सहुलियतपूर्ण कर्जा लगायतका प्रवर्द्धनकारी कामहरु समेत अघि बढाउनु पर्ने जानकारी दिए ।

images

उक्त गोष्ठीमा विज्ञहरुद्वारा आन्तरिक रोजगारी सृजना गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्न, बजार र मागमा आधारित सीपमुलक तालिमहरुको पाठ्यक्रम, समयावधी लगायतका बिषयमा तीन वटा कार्यपत्रहरु प्रस्तुत भएको थियो।

images

 

Nepal life insurance

images