कालीगण्डकी करिडोरमा सवारी आवागमन ठप्प , बाँके, बर्दिया, दाङ, बागलुङ, पाल्पा र कास्कीमा बाढी

 

लगातारको वर्षासँगै बाँके, बर्दिया, दाङ, बागलुङ, पाल्पा र कास्कीमा बाढी आएको छ

बबई नदीअन्तर्गत बाँकेको बार्गदह, बर्दियाको रानीजरुवा, कुर्मागाउँ र रम्भापुर तथा दाङको पदमपुरमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध - नेपाल समय :: Nepal Samaya - Online News PortalNepal life insurance

यस्तै बर्दियाकै दौलतपुरमा रहेको कर्णाली नदीमा पनि बाढी आएको छ । नारायणी नदीअन्तर्गत बागलुङको बोबाङ, पाल्पाको जाल्पा र कास्कीको लुम्लेमा पनि बाढी आएको महाशाखाले जनाएको छ । लगातार पानी परिरहेका अरू ठाउँमा पनि बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यता, बागलुङ नगरपालिका-१० दव्ल्याङमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोले दव्ल्याङमा सडक बगाएको हो।

चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोले सामान्य वर्षामा पनि उक्त सडक अवरुद्ध हुने गरेको छ। करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए। करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी पनि पहिरोको आसपासमा रोकिएका छन्।

कालोपत्रको काम चलिरहेको बागलुङ-बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ।

कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने उनले बताए। -KP

 

Nepal life insurance