रास्वपामा अर्को लफडा, निर्वाचन आयोगको अभिलेखमा महामन्त्रीमा ढकालनै कायम

 

काठमाडौं । निर्वाचन आयोगको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीको रुपमा मुकुल ढकाल नै रहेका छन् ।

Nepal life insurance

रास्वपाबाट कारबाहीमा परेका ढकालले आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएको बारे माग गरेको सूचनाको जवाफ दिदै आयोगले २०८०/१२/२० मा रास्वपाको अभिलेख अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक नभएको जानकारी दिएको हो ।

आयोगले जवाफमा भनेको छ- ‘प्रस्तुत विषयमा तपाईँले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ ।’

रास्वपाले गत वर्ष ढकाल महामन्त्री तथा प्रवक्ताबाट हटाएको थियो । २५ रास्वपाले गत बर्ष असार २५ मा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो भने भदौ ११ गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको थियो ।

तर आयोगको रेकर्डमा अहिलेसम्म पनि ढकाल रास्वपाको महामन्त्रीमा कायमै रहेको देखिएको छ ।

images

आयोगले पार्टी महामन्त्रीमा आफुनै कायम रहेको जानकारी दिएपछि ढकालले शुक्रबारनै पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) र उपसभापति डा. स्वर्णिम वाग्लेलाई पत्र लेख्दै छलफलका लागि समय माग गरेका छन् ।

उनले पत्रमा निर्वाचन आयोगको रेकर्ड अनुसार अझै महामन्त्री कायम रहेकोले पार्टी विधान अनुसार सभापतिसँग परामर्श गरेर पार्टीको केन्द्रीय समितीको बैठक बोलाउने अधिकार महामन्त्रीलाई दिएको भन्दै पार्टी सभापति हाल थुनामा रहेकाले दुई सभापतिलाई छलफलका लागि समय माग गरेको उल्लेख गरेका छन् ।

images

 

Nepal life insurance

images