पेशागत समस्या अन्त्य गर्न चार बुदें माग सहित Anaesthesia जनशक्तिहरू भोलि देखि संघर्षमा

 

पेशागत समस्या अन्त्य गर्न चार बुदें माग सहित Anaesthesia जनशक्तिहरू भोलि देखि संघर्षमा

काठमाडौं-  Anaesthesia पेशामा विद्यमान समस्याहरू, विभेद समाधानको माग गर्दै सबै स्तरका Anaestheticiansहरू भोलि अर्थात असार ७ गतेबाट संघर्षमा उतृने घोषणा गरेका छन ।

Nepal life insurance

स्वास्थ्य सेवा क्षेत्रमा जीवन र मृत्युको दोबाटोमा खटिने Anaesthesia जनशक्तिहरूको भूमिका अति नै महत्वपूर्ण र संवेदनशील हुदाहुदै पनि राज्यले चरम उपेक्षा र विभेद । एनेस्थेसियनहरुको आरोप रहेको छ । दशकौँदेखि Anaesthesia पेशामा कार्यरत दक्ष जनशक्तिहरूको वर्गीकरण, सम्मान, तह–तलब र दरबन्दीको स्पष्ट संरचना नबनाइएको भन्दै उनिहरुले अब चुप लागेर नबस्ने चेतावनि दिएका छन ।

एनेस्थेसियनहरुलाइ “काम गर्ने” शक्तिको नजरले मात्र हेरेर उचित अधिकार प्रायोजन नगरिनु , Diploma, Bachelor, MSc तहको अध्ययन गरेका दक्ष जनशक्ति एउटै ‘टेक्निसियन’ पदमा समायोजन गरिनु , Training प्राप्त Anaesthesia हरुलाइ सहायकदेखि MSc विशेषज्ञहरूसम्मको वर्गीकरण गरेर 5 देखि 11 तहसम्मको स्पष्ट पद संरचना नहुनु राज्यको षड्यन्त्रको संकेत भएको पनि उनिहरुको आरोप रहेको छ ।

प्राविधिक जनशक्ति उत्पादन गराउने नाममा प्रयोग मात्रै गरिएको हुनाले असार ७ गते काठमाडौंमा ऐक्यबद्धता संघर्षको शुरुवात गर्दै ऐतिहासिक आन्दोलनमा हामी चार प्रकारका दक्ष जनशक्तिहरू एकजुट हुने भरतपुर अस्पताल चितवनका एनेस्थेसिया अफिसर केशब र प्रशुरामले बताउनु भयो ।

 अफिसर प्रशुरामका अनुसार आन्दोलनमा Anaesthesia training प्राप्त सहायकहरू , Diploma प्राप्त Anaestheticians , Bachelor (BSc) प्राप्त Clinical Anaesthesia Officers , र MSc प्राप्त Anaesthesia Specialists हरुको सहभागिता हुनेछ ।

आन्दोलनका मुख्य मागहरुमा: 

क . Anaesthesia जनशक्तिको वर्गीकरण गर्दै 5 देखि 11 तहसम्मको पद सिर्जना गरिनुपर्ने ।
ख . कामअनुसारको सम्मान, ओहदा, तलब, अधिकार सुनिश्चित गरिनुपर्ने ।
ग. दैनिक अपमान, अवमूल्यन र विभेदको अन्त्य गर्नुपर्ने।
घ. सम्बन्धित मन्त्रालय, आयोग र नीति निर्माण निकाय तत्काल छलफलमा आउनुपर्ने रहेका छन ।
के हो एनेस्थेसिया ?
अपरेसन गर्दा बिरामीलाई स्थिर बनाउने, दुखाइ हुन नदिने र अपरेसन हुँदाको कुनै पनि कुरा याद नहुने बनाउनु नै एनेस्थेसिया हो। एनेस्थेसियाको काम अपरेसनभन्दा अगाडि नै बिरामीलाई तयारी गराउनु पनि हो।
अझै पनि हाम्रो जनसंख्यालाई चाहिनेजति एनेस्थेसियोलोजिस्ट छैनन्। जुन अस्पतालमा शल्यक्रिया हुन्छ त्यहाँ मात्रै एनेस्थेसियोलोजिस्ट छन्।

 

Nepal life insurance