भगवती माविलाई आर्थिक तथा जिन्सी सामग्री हस्तान्तरण (तस्बिर सहित)

 

-टेकराज भुसाल , अर्घाखाँची।

अर्घाखाँची — भूमिकास्थान नगरपालिका २ ढाकावाङ्गमा अवस्थित भगवती माध्यमिक विद्यालयमा आर्थिक तथा जिन्सी सामान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

May be an image of one or more people and textNepal life insurance

शुक्रबार एक समारोहबीच समाजसेवी चुरामणि खनाल र राधिका खनाल दम्पतीद्वारा विद्यालयलाई नगद रु १ लाख १० हजार र श्यामकला खनालद्वारा करिब रु २० हजार बराबरको साउण्ड सिस्टम प्रदान गर्नुभएको हो।

May be an image of one or more people and text

हस्तान्तरण कार्यक्रममा बोल्दै भूमिकास्थान नगरपालिका–२ का वडा सदस्य नारायणप्रसाद खनालले सहयोगी दाताप्रति आभार व्यक्त गर्दै शिक्षा क्षेत्रमा गरिएको सहयोगले समाजलाई दीर्घकालीन लाभ हुने धारणा व्यक्त गर्नुभयो।

May be an image of 7 people and text

विद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद बेलवासेले विद्यालयको शैक्षिक सुधार र गुणस्तर अभिवृद्धिमा सहयोग रकम सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

May be an image of one or more people and text

May be an image of 6 people and text

कार्यक्रममा सहयोगदाता चुरामणि खनाल, राधिका खनाल, श्यामकला खनाल, युवा सामाजिक व्यक्तित्व बाबुराम खनाल, भूमिकास्थान युवा सञ्जालका संयोजक तथा पत्रकार टेकराज भुसाल, शिक्षक अभिभावक संघका अध्यक्ष राजु सुनार, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक, विद्यार्थी, अभिभावक, लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of one or more people and motorcycle

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरामणि खनालकाे अध्यक्षतामा सम्पन्न भएको थियो।

थप तस्बिर :

May be an image of 6 people and text

May be an image of one or more people and temple

No photo description available.

May be an image of 5 people

May be an image of one or more people and text

May be an image of 6 people and text

Nepal life insurance

अन्य समाचारहरु