




काठमाडौँ । इरान र इजरायलबीच जारी युद्धको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै, बेलायतले इरानस्थित दूतावासबाट आफ्ना कर्मचारीहरूलाई फिर्ता बोलाएको छ ।

बेलायतको विदेश, राष्ट्रमंडल तथा विकास कार्यालयले विज्ञप्तिमा जारी गर्दै सावधानी अपनाउन इरानबाट बेलायती कर्मचारीहरूलाई अस्थायी रूपमा फिर्ता बोलाएको जानकारी दिएको छ । कार्यालयले भनेको छ- ‘हाम्रो दूतावास अझै पनि टाढाबाट काम गरिरहेको छ।’

यस हप्ताको सुरुमा, बेलायतले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै इजरायलस्थित दूतावास र वाणिज्य दूतावासमा काम गर्ने कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई अस्थायी रूपमा फिर्ता बोलाउने बताएको थियो ।

त्यस्तै यसअघि अस्ट्रेलियाले पनि आफ्ना कर्मचारीलाई फिर्ता बोलाउदै दुताबासको कामलाई अस्थायी रुपमा स्थगन गर्ने निर्णय गरेको थियो ।



