सर्लाहीको बरहथवामा दुई पक्षबीच झडप, प्रहरी निरीक्षकसहित १० जना घाइते

 

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा शनिबार बिहान दुई पक्षबीच भएको झडप भएको छ

Nepal life insurance

बाटो विस्तारको क्रममा भएको झडपमा एक प्रहरी निरीक्षकसहित १०  जना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित १० जना घाइते भएका छन् । घटनापछि प्रहरीले बरहथवा–४ का पूर्व वडाध्यक्ष लखेन्द्र महतोसहित सात जनालाई नियन्त्रणमा लिएको छ।

स्थानीयका अनुसार सडक विस्तार गर्दा आफ्नो जग्गा मिचिएको भन्दै केही दिनदेखि हुदै आएको विवाद बढ्दै जादा तनाव भएको थियो।

 

Nepal life insurance