




काठमाडौं– स्मार्टफोनदेखि सामाजिक सञ्जालसम्म युवा पुस्ता निकै सक्रिय देखिए पनि आफ्नै स्वास्थ्य र फिटनेसप्रति भने उनीहरूमा गम्भीर लापरवाही देखिन्छ ।
व्यस्तले भरिएको जीवनशैली, अनियमित निद्रा, जंक फूडप्रतिको आकर्षण तथा अत्यधिक स्क्रिन टाइमका कारण युवाहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।


कम उमेरमै मोटोपना, तनाव, ढाड दुख्ने समस्या, र निद्राको समस्या देखिनु सामान्य भइसकेको अवस्थामा अब योगलाई समाधानको रूपमा लिन सकिने सुझाव विशेषज्ञहरूले दिएका छन् । उनीहरूका अनुसार योग केवल शारीरिक व्यायाम होइन, एक समग्र जीवनशैली हो जसले शरीर, मन र आत्मालाई समायोजनमा ल्याउँछ ।
विशेषज्ञहरू भन्छन्– ‘यदि युवाहरूले दैनिक २० देखि ३० मिनेट योग अभ्यासमा समय दिने हो भने उनीहरूको सम्पूर्ण स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्छ।’
यसै सन्दर्भमा स्वास्थ्य तथा योग विज्ञहरूले सिफारिस गरेका ५ योग आसनहरू निम्न छन्, जुन प्रत्येक युवाले आफ्नो दैनिक दिनचर्यामा समावेश गर्नु पर्ने हुन्छ ।
१. ताडासन
ताडासन शरीरको उचाइ बढाउने र पोस्चर सुधार्ने आसनका रूपमा परिचित छ । लामो समयसम्म कम्प्युटर वा मोबाइलको प्रयोगबाट बिग्रिएको पोस्चर सुधार गर्न यो प्रभावकारी मानिन्छ ।
फाइदाहरू:
२.भुजङ्गासन
भुजङ्गासन विशेषगरी ढाडको पीडाबाट राहत पाउने आसन हो। यसले मेरुदण्डलाई लचिलो बनाउँदै मानसिक थकान घटाउने काम गर्छ।
फाइदाहरू
३.अनुलोम–विलोम प्राणायाम
तनाव र चिन्ताले ग्रस्त युवाहरूका लागि अनुलोम९विलोम एक आदर्श प्राणायाम हो। सासप्रश्वासको माध्यमबाट मस्तिष्कमा अक्सिजन प्रवाह बढाइ यसले मानसिक सन्तुलन कायम राख्न सहयोग गर्छ।
फाइदाहरू
४. वज्रासन
भोजनपछि वज्रासनमा केही समय बस्दा पाचन प्रणालीमा सुधार आउँछ। विशेषगरी फास्ट फूडप्रति आकर्षित युवाहरूका लागि यो अनिवार्य आसन हो।
फाइदाहरू
५. बालासन
बालासनले शरीरलाई पूर्ण विश्राम दिन्छ। मानसिक तनाव, थकान वा चिन्ताबाट मुक्ति चाहनेका लागि यो सर्वोत्तम आसन हो।
फाइदाहरू
स्वास्थ्य विज्ञहरूको भनाइ अनुसार– ‘योग कुनै औषधिको विकल्प होइन, तर रोग लाग्नै नदिने प्राकृतिक उपाय हो । त्यसैले, युवाहरूले आधुनिक जीवनशैलीसँगै आत्मशान्ति र स्वास्थ्यका लागि पनि दैनिक योगलाई जीवनको हिस्सा बनाउनुपर्ने आवश्यकता देखिएको छ ।



