रोजगार मेलाको अवलोकनका लागि रोजगारदाता, सरोकारवाला र संघसंस्थाहरुलाई महानगरको आग्रह

 

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले रोजगारदाता, सरोकारवाला र संघसंस्थाहरुलाई रोजगार मेलामा सहभागी हुन आग्रह गरेको छ ।

Nepal life insurance

महानगरले एक सूचना जारी गर्दै सीप मेलाबाट तयार भएका प्रशिक्षार्थीहरुलाई रोजगारी अवसरमा जोड्ने, प्रशिक्षित युवायुवतीहरुलाई रोजगारदाता, संघसंस्था र सरोकारवालाबिच प्रत्यक्ष अन्तरक्रिया गराउने, प्रशिक्षार्थीको दक्षता अवलोकन गर्ने उद्देश्य राखेर आगामी सोमबार रोजगार मेला आयोजना गर्न लागेको उल्लेख गरेको छ ।

महानगरले भनेको छ- ‘टुँडिखेलमा एक महिने सिपमेला अन्तर्गतको प्रशिक्षण कक्षाहरु सम्पन्न गरिसकेको छ । १० क्षेत्रका ३७ पेशासँग सम्बन्धित एक सय घण्टे तालिमबाट प्रशिक्षार्थीहरु सिप, व्यवहार र कार्यक्षमताको दृष्टिले रोजगारीका लागि पूर्णतः तयार भइसकेका छन् । स्वरोजगारका लागि सिप सिक्नेहरुमा आत्मविश्वाश बलियो बनेको छ ।

यसरी उत्पादन भएका प्रशिक्षार्थीहरुलाई रोजगारी अवसरमा जोड्ने, प्रशिक्षित युवायुवतीहरुलाई रोजगारदाता, संघसंस्था र सरोकारवालाबिच प्रत्यक्ष अन्तरक्रिया गराउने, प्रशिक्षार्थीको दक्षता अवलोकन गर्ने उद्देश्य राखेर आगामी सोमबार रोजगार मेला आयोजना हुँदैछ ।’

महानगरले सो रोजगार मेलाका लागि सम्पूर्ण रोजगारदाता, संघसंस्था तथा सरोकारवालाहरुलाई उक्त मेलामा उपस्थित भई प्रशिक्षणको गुणस्तर अवलोकन गर्न, प्रशिक्षार्थीहरुसँग संवाद गर्न र दक्ष जनशक्ति प्राप्त गर्ने अवसरको उपयोग गर्न आग्रह गरेको छ ।

images

 

Nepal life insurance

images