पशुपतिमा भ्रष्टाचार : सदस्य सचिव थापा सहित १४ जना र २ कम्पनीविरुद्ध मुद्दा दायर

 

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आईतबार विशेष अदालत काठमाण्डुमा उनीहरूमाथि १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

Nepal life insurance

पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. िमलनकुमार थापा समेतका प्रतिवादीहरूको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बदनियतले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।

मुद्दा दायर गरेकामा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, तत्कालीन निमिक्त उपनिर्देशक एवं हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी र लेखा अधिकृत चन्द्रप्रसाद खनाल छन् । -KP

 

Nepal life insurance

अन्य समाचारहरु