ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत

 

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

Nepal life insurance

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको संघीय संसदीय दललाई सरकारबारेको निर्णय पुनर्विचार गर्न निर्देशन दिएको हो ।

ओली सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, संविधान संशोधन गर्न पूर्णतः असफल भएको बैठकले निष्कर्ष निकालेको र समर्थनबारे पूनर्विचार गर्न संसदीय दललाई निर्देशन दिइएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

‘सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न संघीय संसदीय दललाई निर्देश गर्दछ ।’  सुमनले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

-SP

Nepal life insurance

अन्य समाचारहरु