प्रतिनिधि सभाको बैठक बस्दै, आज बजेट पारित गरिदै

 

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको विभिन्न मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ ।

Nepal life insurance

त्यस्तै आजको बैठकमा विभिन्न मन्त्रालयको विभिन्न शिर्षकमा सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आज विनियोजन विधेयक २०८२ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र यसलाई पारित गरियोस भने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।

साथै आज अर्थमन्त्रीले आर्थिक विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने राष्ट्र ऋण उठाउने विधेयक २०८२ माथि विचार गरियोस भने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

 

images

Nepal life insurance

 

images