भारतले अप्रेशन सिन्धुमार्फत इरानबाट २२९५ जनालाई स्वदेश फर्कायो

 

काठमाडौँ । भारतले अप्रेशन सिन्धु अन्तर्गत इरानबाट थप २९२ जनाको उद्धार गरेको छ । इरानबाट २९२ जना बोकेको भारतीय बोकेको विमान मंगलबार दिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

योसँगै भारतले अप्रेशन सिन्धु अन्तर्गत अहिलेसम्म इरानबाट २२९५ जनालाई स्वदेश ल्याएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्- ‘इरानबाट २९२ भारतीय बोकेको विमान २४ जुनमा दिल्ली आइपुगेको छ । यससँगै अहिलेसम्म त्यहाँबाट २२९५ भारतीयलाई सुरक्षित रूपमा उद्धार गरिएको छ ।’

भारत सरकारले इरानबाट सुरक्षित फिर्ताको लागि इरानले आफ्नो हवाई क्षेत्र खोल्नेदेखि सबै सहयोग गरेको बताइएको छ ।

 

Nepal life insurance