





-गंगा ज्ञवाली
कीर्तिपुर -6 काठमाडौं
आज भोलि प्यारो आँखा देख्न थालेछु
त्यो भित्रको गहिरो भाव पढ्न थालेछु
जति तिमी लुकाए पनि मनका चाहना
आँखाले नै देखाइदिन्छ तिम्रो बहाना
शब्द झूटा हुँदा पनि आँखा सत्य बोल्यो
झुट बोल्दा दिव्य दृष्टि अचम्मले झुक्यो
त्यसैले त प्यारो आँखा देख्न थालेछु
नानी भित्र गहिरो भाव पढ्न थालेछु
एैना जस्तै छर्लङ्ग पो हुँदो रैछ दृष्टि
नानी भित्रै हुँदो रहेछ अचम्मको सृष्टि
देखाइदियो त्यो दृष्टिले तिम्रो बहाना
नलुकाई भन बरु मनका चाहना
विझाएका रैछन आँखा नानी भित्र देखें
मलम लगाई त्यो नानीमा अब बस्न थाले
दिन्छौं कि नाई मलाई बस्न भन चाहना
लुक्ने छैनन अब तिम्रा कुनै बहाना
शक्ति श्रोतको अपार भण्डार तिमी भित्र व्याप्त
आफूलाई चिन्ने शक्ति छ नी प्रयाप्त
बुझ चीन खुसी खोज भेट्छौं आफैमा
भन्छ आँखा नभन्नु है .. एक्लो चन्द्रमा

गंगा ज्ञवाली
कीर्तिपुर 6 काठमाडौं
2082/03/10



