




काठमाडौँ । इरानबाट थप चार नेपालीको उद्धार भएको छ ।
दिल्लीस्थित नेपाली दुताबासका अनुसार इरानको मसादबाट चार जना नेपाली दिल्ली आइपुगेका हुन् । उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए ।


उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दुताबासले जानकारी दिएको छ ।
यसअघि भारत सरकारले इरानबाट दुई नेपालीको उद्धार गरेको थियो । इरानमा रहेका ११ जना नेपालीले उद्धारको अनुरोध गरेपनि अहिलेसम्म ६ नेपाली फर्किएका छन् ।



