




काठमाडौँ । नेकपा एमालेले गणतन्त्र विरोधी गतिविधि अन्त्य भएको निष्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकले गणतन्त्र विरोधी गतिविधि र प्रतिगामी प्रयासहरू निस्तेज भएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

ज्ञवालीले भने- ‘प्रतिगमनका केही प्रयत्नहरू भए, गणतन्त्र विरोधी गतिविधि भए । तर, जनताको सजगता, राजनीतिक दलहरूको सक्रियता र सरकारको प्रभावकारिताले त्यो स्थिति अन्त्य भएको छ । प्रतिगामी प्रयासहरू निस्तेज भएका छन्। समग्रमा, देशले सही दिशा लिएको र पार्टीको नेतृत्व निष्कर्ष निकालेका छौँ ।’
त्यस्तै एमालेको बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा गरेको छ । पाण्डे र तिम्सिनामाथिको कारबाही फुकुवा गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।


दुवैले भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए ।
पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गरिएको थियो ।



