उषाकिरणको टिप्पणी- विन्दा पाण्डेसँग स्पष्टीकरण खादा मज्जा आयो !

 

काठमाडौँ । नेकपा एमालेले निलम्बन फुकुवा गरेपछि प्रतिक्रिया दिदै केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेसँग स्पष्टीकरण खादा मज्जा आएको टिप्पणी गरेकी छन् ।

Nepal life insurance

तिम्सिनाले सामाजिक सञ्जालमा लेख्दै बिन्दा पाण्डे जस्तै मानिसहरुका बिच उभिएर भाषण गर्न सक्ने हुन राजनीतिमा लागेको उल्लेख गर्दै एजेन्डा मिलेर सँगै स्पष्टीकरण खान पाएकोमा मज्जा आएको बताएकी हुन् ।

उनले भनेकी छन्- 

राजनीतिले सिंगो मुलुको ब्यवस्था  सम्पुर्ण रुपमा रुपान्तरण गर्छ र गर्नुपर्छ । हाम्रो पार्टी नेकपा एमाले , अग्रज र सहकर्मी कमरेडहरु । नेपाली कांग्रेस , माओवादी केन्द्र , रास्वपा लगायतका सम्पु्र्ण जनहरु र अनेरास्वबियु, क्रान्तिकारी र नेबिसंघ , नागरिक समाज लगायतका आदरणिय साथीहरु तपाँईहरु सबैले दिनुभएको चासो , भरोसा र हिम्मतलाई स- सम्मान आत्मसाथ गरेको छु । बाध्यता बस रोजगारीमा देश बाहिर रहनु भएका श्रमजिबी सम्पूर्ण महानुभावहरु , क्षमतानुसार अनेकौँ अवसरको खोजीमा रहर र बाध्यताले देश बाहिर छरिएर रहनु भएका आदरणिय ब्यक्तित्वहरु यहाँहरुले ब्यक्त गर्नु भएको बिस्वास कायम गरीरहन सकौँ ।

बिन्दा दिदी जस्तै मानिसहरुका बिच उभिएर कुरा गर्न सक्ने (भाषण गर्न) हुन म राजनीतिमा लागेको थिएँ , आदरणिय बिन्दा दिदी मेरो ईच्छा भरमार पुरा गरेको छु , तपाँईनै एजेण्डा मिलेर संगै स्पष्टिकरण खाने मेरो नेता हुन भएकोमा मज्जा लागेको छ ।

बुधबार एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा गरेको गरेको थियो । दुवैले भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए । पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गरिएको थियो ।

 

Nepal life insurance

अन्य समाचारहरु