मुगुको सोरु गाउँपालिकाले ल्यायो ५७ करोड ः एकल पुरुष भत्ता देखि स्वयम्सेविका लाई मोवाईल सम्म 

मुगुको सोरु गाउँपालिकाले ल्यायो ५७ करोड ः एकल पुरुष भत्ता देखि स्वयम्सेविका लाई मोवाईल सम्म 

 

-खड्क सुनार

मुगु, ११ असार । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३  को लागि ५७ करोड बढिको बजेट ल्याएको छ ।  सोरु गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले प्रस्तुत गरेको बजेटमा आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५७ करोड ९४ लाख ४७ हजार ५ सय ८२ रुपैया बरावरको बजेट प्रस्तुत गरेका हुन् ।

सोरु गाउँपालिकाको बजेट ५७ करोड, एकल पुरुषलाई भत्तादेखि स्वयंसेविकालाई  मोवाइलसम्म - वडापालिका :: Odapalika - The Fourth Estate - चौथो अंग

पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि ५३  करोड ५१ लाख २ हजार बजेट प्रस्तुत गरेको थियो ।

Nepal life insurance

अघिल्लो वर्षको तुलनामा योपटक पालिकाले झण्डै ४ करोड बजेट बढी प्रस्ताव गरेको छ । बजेटमध्ये पूँजीगत तर्फ २२ करोड २५ लाख ४२ हजार रहेको भने भने चालुतर्फ ३५ करोड ६९ लाख ५ हजार ५ सय ८२ रुपैयाँ रहेको उपाध्यक्ष केशर बहादुर शाहीले जानकारी दिए ।

बजेटमा बिशेष गरेर सञ्चार क्षेत्र बाट टाढा रहेका महिला स्वास्थ्य स्वयम् सेविका लाई सञ्चारको पहुँचमा ल्याउन सुचना आदान प्रदान गर्न स्वयम् सेविका महिला लाई मोवाईल सेट र मासिक एक सय रुपैयाको रिचार्ज कार्ड प्रदान गरिने उनले बताए ।

images

त्यस्तै जीवन निर्वाह भत्ता कार्यक्रम अन्तर्गत सोरु गाउँपालिकाका ४० वर्ष देखि ५९ वर्ष उमेर समुहका पुरुष लाई एकल पुरुष भत्ता प्रदान गरिने बजेटमा प्रस्तुत गरिएको छ ।

images

बजेटमा शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण रैथाने बाली प्रवर्धन, सूचना प्रविधि, लैगिंक हिंसा न्यूनिकरण जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको उपाध्यक्षको भनाई छ ।  सोरु गाउँपालिकाको १६ औं बजेट अधिवेशन सभामा अध्यक्ष धर्मबहादुर शाहीले आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।

images

नीति तथा कार्यक्रममा ११ वटै वडातहका बस्तीस्तरमा सडक निर्माण ५५ वटा बस्तीका स्थानीयलाई शुद्ध खानेपानी ग्रामिण विद्युतीकरण, विद्यालय भवन निर्माण, सबै वडातह बाटै स्थानीयको सेवाप्रवाह हुने गरि पूर्वाधार निर्माणको व्यवस्था उल्लेख गरिएको अध्यक्ष शाहीको भनाई छ ।

 

Nepal life insurance

 

Nepal life insurance