




काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले शुक्रबार एसइईको नतिजा सार्बजनिक गरेको हो ।

यस पटकको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५ रहेको छ भने २.८ देखि ३.२ जीपिए ल्याउने विद्यार्थीको संख्या ५९ हजार १२४ रहेको छ ।

त्यसैगरी २.४ देखि २.८ जीपिए ल्याउनेको संख्या ४८ हजार ४७९ छ भने २ देखि २.४ जीपिए ल्याउनेको संख्या ४ हजार १२६ रहेको छ । त्यसैगरी १२६ जनाको परिक्षा रद्ध गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।
यस पटक एक लाख ६७ हजार ५९७ जनाको नन ग्रेड आएको र उनीहरुले फेरी परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
कसरी हेर्ने नतिजा ?
राष्ट्रिय परीक्षा बोर्डले यस अघि नै सूचना प्रकाशित गरेर नतिजा हेर्ने बारे जानकारी दिएको छ । जस अनुसार एसएमएस, आइभीआर र वेभसाइटबाट नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । बोर्डले निम्न प्लेटफर्मबाट नतिजा हेर्न सकिन्छ ।




