




बल्कोटका जनक घिमिरेले नक्कली भिसा देखाएर बैदेशिक रोजगारिका नाममा ठगी धन्दा
अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउपालिका ३ बल्कोटका जनक घिमिरेले सोझा युवाहरुलाइ बैदेशिक रोजगारिको प्रलोभनमा पारेर नक्कली भिसा देखाएर ठग्ने गरेको रहस्य खुलेको छ । उनले प्युठान माण्डवी गाउपालिकाका रनसिंह रसाइलि र झापाका खगेन्द्र नाम गरेका युवालाइ बिगत १ बर्षदेखी प्रलोभनमा पार्दै ठगी गरेको पिडित रसाइलिले अर्घाखाँची डटकमलाइ बताएका छन ।

रसाइलिका अनुसार पिडक घिमिरेले विभिन्न समयमा , भिन्न भिन्न बैंक खाता , वालेट र नगद गरि ५ लाख ३० हजार युरोपियन मुलुकमा पठाउने भनेर लगिसकेका छन । रकम बुझिसकेका घिमिरेले काम हुदैछ भन्दै भाका लम्बाउदै झुट बोल्ने र पटक पटक ताकेता गर्दा पैसा फिर्ता गर्ने बाचा गरेपनी बाचा गरेअनुसार काम नगरेको पिडित रसाइलिको भनाइ रहेको छ ।


पटक पटक खोजिगरी सम्पर्कमा आएका पिडक घिमिरे र पिडित रसाइलिबिच मध्य फागुनमा कपिलबस्तुको चन्द्रौटा प्रहरी चौकिमा फागुन मसान्त भित्र पैसा फिर्ता गर्ने भनेर सहमती पनि भएको तर अहिले घिमिरेले पैसा नतिर्ने र जे सक्यो तेहि गर्न चेतावनी दिने गरेका छन ।

घिमिरेले गत माघ महिनामा अजरबैजानको नक्कली भिसा र नक्कली टिकट रसाइलिलाइ पठाएर तिमिहरुको काम हुँदैछ भनेर टार्ने पनि गरेका थिए ।
यस बारेमा ठगी गर्ने भनिएका जनक घिमिरे संग सम्पर्क गर्दा आफुले ठगी गरेको नभएको ब्यबहारले थलोएर पैसा तिर्न नसकेको भन्दै घुमाउरो र झुटो जवाफ दिएका छन ।

चारै तर्फ ब्याजमा रिण खोजेर दिएको पैसा फसेपछी रसाइली चिन्तामा परेका छन । सामान्य परिवारका रसाइली बैदेशिक रोजगारिमा गएर जीवन सुधार गर्ने प्रयासमा लागिपर्दा घिमिरे जस्ता ठगको चंगुलमा परेपछी आर्थिक तनावमा गुज्रिरहेका छन । उनले सबै तर्फ हारगुहार गर्दै पिडक जनक बाट जसरी भएपनी पैसा फिर्ता गरिदिन र सबै सचेत हुन पनि अनुरोध गरेका छन ।





