



काठमाडौँ । अमेरिकाको इडाहोमा लागेको झाडीको आगो निभाउन आएका दुई जनाको गोली हानी हत्या गरिएको छ ।

कोउर डीएलेन शहरमा प्रहरीमाथि गोली चलाउदा दुई जनाको मृत्यु भएको बताइएको छ । अधिकारीहरूले भने धेरै दिशाबाट गोली चलेको बताएका छन् ।
एफबीआईका उपनिर्देशक डान बोन्जिनोले एजेन्टहरू घटनास्थलमा पुगेको र अनुसन्धान गरिरहेको बताएका छन् । इडाहोका गभर्नर ब्राड लिटिलले बहादुर अग्निनियन्त्रकहरूमाथि आक्रमण भएको बताउदै घटना बारे अनुसन्धान भइरहेको बताएका छन् ।
सिएनएनले अहिले पनि गोली चलिरहेको उल्लेख गरेको छ ।



