२२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भूमिकास्थानकाे ढाकावाङ्गमा सम्पन्न (तस्बिर सहित)

 

टेेकराज भुसाल।

अर्घाखाँची। २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ भूमिकास्थान नगरपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार वडा नम्बर २ ढाकावाङ्गकाे खाकाबेशीमा उत्साहपूर्वक सम्पन्न भएको छ।

“धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ आयोजित उक्त महोत्सवले कृषिमा आधारित स्थानीय अर्थतन्त्रको सशक्तिकरणमा आशा र भरोसा थपेको छ।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे, वडा नं. ३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, वडा नं. ६ का वडाध्यक्ष प्रेमनारायण बेलवासे, वडा नं. ९ का वडाध्यक्ष खेमराज चुदाली, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कृषि शाखा प्रमुख रामबहादुर थापा, पालिकाका कर्मचारीहरू, कृषि प्राविधिकहरू तथा स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति थियो।

May be an image of 2 people and grass

Nepal life insurance

कार्यक्रमको सुरुवातदेखि नै बाजागाजामा धानकाे बिउ उखेल्दै परम्परागत भाकामा नाचगान गरियो। त्यसपछि, सहभागीहरुले हातमा धानको बिउ बोकेर परम्परागत शैलीमा सामूहिक रोपाइँ गरे।

May be an image of 3 people

नगरपालिकाले लिजमा लिएको खेतमा ‘हर्दिनाथ ६’ जातको धान रोपिएको कृषि शाखा प्रमुख रामबहादुर थापाले जानकारी दिनुभयो।

May be an image of 5 people, people skeet shooting, frisbee and grass

कार्यक्रमपछिको समापन मन्तव्य दिँदै नगरप्रमुख झविलाल थापाले किसानहरु सँगै सामुहिक कार्य गर्दा श्रम संस्कृतिकाे विकास हुनुका साथै किसानहरुमा हाैसला प्रदान हुने बताउनुभयाे।

May be an image of 6 people

हामी कृषि प्रधान देशका नागरिक हौं। भूमिकास्थान नगरलाई आत्मनिर्भर बनाउने हाम्रो सपना कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धि मार्फत् मात्रै सम्भव छ। यस्तो सामूहिक प्रयासले जनचेतना मात्रै बढाउँदैन, उत्पादन र आत्मविश्वास पनि वृद्धि गर्छ” नगरप्रमुख थापाले भन्नुभयो।

May be an image of 3 people, grass and temple

नगर उपप्रमुख बालाकृष्ण बन्जाडेले कृषि उत्पादन वृद्धि गर्न र धान खेतीलाई प्रोत्साहन गर्न गुणस्तरीय प्रविधिको प्रयोग गर्ने,रासायनिक तथा प्रागांरिक मलको सन्तुलित प्रयोग गर्ने तथा उन्नत जातको बालीनालीको प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

May be an image of 6 people

रोपाइँ सकिएपछि स्थानीय परम्परा अनुसार सहभागीहरूले दही चिउरा ग्रहण गरी दिवसको उल्लास थपेका थिए। बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता, परम्परा र नवप्रविधिको समायोजन, र स्थानीय उत्पादनको उत्सवका रूपमा मनाइएको यस महोत्सवले कृषि र संस्कृति बीचको गहिरो सम्बन्ध झल्काएको थियो।

May be an image of 5 people and grass

यस अवसरले भूमिकास्थान नगरपालिकामा कृषि, पर्यटन प्रवर्द्धन, सहकारी खेतीको अभ्यास र स्थानीय उत्पादनमा जोड दिने योजनाहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका थिए।

थप तस्बिर :

May be an image of 7 people and grass

May be an image of 6 people and grass

May be an image of 6 people and grass

May be an image of 10 people and grass

May be an image of 12 people, people skeet shooting, frisbee and grass

May be an image of 14 people and grass

May be an image of 11 people and grass

May be an image of 6 people, Saqsaywaman and grass

May be an image of 9 people and grass

May be an image of 7 people, people skeet shooting, frisbee and grass

May be an image of 6 people

May be an image of 5 people and grass

May be an image of 5 people and grass

May be an image of 15 people

May be an image of 6 people and grass

May be an image of 8 people and grass

Nepal life insurance