शिक्षा समितिमा आजपनि टुंगिएन विद्यालय शिक्षा विधेयक

 

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठक विद्यालय शिक्षा विधेयक टुंगोमा नपुर्याई सकिएको छ ।

शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले आजको समितिको बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी सकिएको हो ।

Nepal life insurance

सोमबार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री पन्तले आफुलाई केहि विषयमा सहमति जुटाउन केहि दिन समय चाहिने भएकाले केहि दिन समय मागेका थिए । शिक्षकसँग भएको सहमति कार्यान्वयनको चरणमा गइसकेको भन्दै बजेट समेत विनियोजन समेत भइसकेको अवस्थामा अहिले फेरी आन्दोलनमा जानुपर्ने अवस्था नआओस भनेर आफुले प्रयत्न गरिरहेको बताए ।  उनले भने- ‘ मेरो आग्रह २-३ समय दिउ, आजको बैठक स्थगित गरौँ, सरकारको तर्फबाट प्रयत्न गर्छौं, कांग्रेसले केहि दिन बैठक सारेर छलफल गरौँ भनेपछि, यसलाई मानेर जाऊ । मलाई र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरलाई छलफल गर्न समय दिनुस् ।’

आज पारित गर्ने तयारी भएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नै समितिको बैठकमा पुगेर आजका लागि बैठक स्थगित गर्न प्रस्ताव गरेपछि समितिका सदस्यहरुले आपत्ति जनाएका थिए ।

मन्त्री पन्तले त्यसअघि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सानेपा पुगेर भेटेर आएका थिए । त्यसअघि शिक्षामन्त्री पन्तले नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुसँग पनि छलफल गरेका थिए ।

 

Nepal life insurance

अन्य समाचारहरु