



काठमाडौँ । इरान र पश्चिमी देशहरू बीचको आणविक विवादले विश्वको चिन्ता निरन्तर बढाइरहेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले अमेरिका र उसका सहयोगीहरूले इरानमाथि आक्रमण गरे पनि तेहरानको आणविक कार्यक्रम पूर्ण रूपमा समाप्त नभएको स्पष्ट गरेका छन् । ग्रोसीले इरानले केही महिनामै फेरि युरेनियम संवर्धन सुरु गर्न सक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य कारबाहीले इरानको आणविक मनसायलाई ‘दशकौं’ पछाडि धकेलिएको दाबि गरेपनि विभिन्न रिपोर्टले इरानको आणविक कार्यक्रमलाई ठुलो नोक्सान नभएको बताएका छन् । उर्जा एजेन्सीका प्रमुख ग्रोसीका अनुसार इरानको आणविक क्षमता यति सजिलै समाप्त गर्न नसकिने बताउदै इरानसँग आवश्यक प्रविधि र औद्योगिक पूर्वाधार छ, जसले गर्दा केही महिनामै फेरि युरेनियम संवर्धनको प्रक्रिया सुरु गर्न सक्ने उनको दाबि छ ।

गत हप्ता अमेरिकाले इरानका तीन प्रमुख आणविक स्थलहरूमा आक्रमण गर्यो । यी आक्रमणहरूको उद्देश्य इरानको आणविक कार्यक्रमलाई ठूलो धक्का दिनु थियो । यद्यपि, अमेरिकी रक्षा एजेन्सीहरूको प्रारम्भिक रिपोर्ट अनुसार, इरानको धातु रूपान्तरण प्लान्ट निश्चित रूपमा नष्ट भएको छ, तर बाँकी संरचना पूर्ण रूपमा नष्ट हुन सकेको छैन । वासिङ्टन पोस्टको एक रिपोर्टले इरानी अधिकारीहरूले आफैंले क्षति अपेक्षाभन्दा कम भएको स्वीकार गरेको दाबी गरेको छ ।

उर्जा एजेन्सीका प्रमुख ग्रोसीले स्पष्ट रूपमा आक्रमणमा मात्र भर परेर आणविक हतियार रोक्न नसकिने बताएका छन् । उनले इरानसँग अझै पनि औद्योगिक र प्राविधिक क्षमता रहेको उनले बताएका छन् । साथै उनले इरानले चाहेमा केही महिनामा फेरि युरेनियम संवर्धन सुरु गर्न सक्ने बताएका छन् ।
उर्जा केन्द्रको यो चेतावनी यस्तो समयमा आएको हो, जब मध्य पूर्वमा तनावका कारण विश्व पहिले नै समस्यामा परेको छ । इरान र इजरायल र अमेरिकी सैन्य कारबाही बीच, अब इरानको आणविक कार्यक्रमको बारेमा नयाँ चिन्ताहरू उत्पन्न भएका छन्। विज्ञहरू यदि इरानले फेरि संवर्धन सुरु गर्छ भने, यो मध्य पूर्वको लागि मात्र नभई सम्पूर्ण विश्वको लागि चेतावनी संकेत साबित हुन सक्ने बताउन थालेका छन् ।



