गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

 

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले निजामति कर्मचारी सम्बन्धि विधेयकमा झेल गरेको विषयमा राज्य व्यवस्था समितिका सभापति र सचिव बाहेक को को संलग्न छन् भन्दै प्रश्न गरेका छन् ।

Nepal life insurance

बास्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै राज्यव्यवस्था समितिका सभापति र सचिव मात्र हुन कि अरु पनि छन जालसाझीमा ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-  

राज्यव्यवस्था समितिका सभापति र सचिव मात्र हुन कि अरु पनि छन जालसाझीमा ? र,यो बाग्मतीको बजेट गण्डकीमा हाले जस्तो सजिलो बिषय होईन,जस्लाई कार्यान्वयनमा नलगे पनि हुन्छ । सन्दर्भ, कर्मचारीको ठण्डाराम समय ।

 

Nepal life insurance

अन्य समाचारहरु