



काठमाडौँ । बढ्दो तापक्रमका कारण फ्रान्सको राजधानी पेरिसमा मंगलबार रेड अलर्ट जारी गरिएको छ । जसका कारण आइफल टावर बन्द गरिएको छ ।
युरोपका धेरै भागहरूमा गर्मीको लहर जारी रहेका बेला पेरिसमा रेड अलर्ट जारी गरिएको हो ।


फ्रान्सको मौसम एजेन्सी, मेटियो फ्रान्सले सोमबार १६ क्षेत्रहरूमा गर्मीको लहरका रेड अलर्ट जारी गरेको जनाएको छ ।
फ्रान्सको शिक्षा मन्त्रालयले अत्यधिक गर्मीका कारण लगभग १३ सय ५० सार्वजनिक विद्यालयहरू पूर्ण वा आंशिक रूपमा बन्द हुने घोषणा गरेको छ ।



